ग्लोबल टिभि
0
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन् ।
प्रदेशसभामा अल्पमतमा परेसंगै पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दिएको छ । अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दैछ ।
सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मंगलबार बेलुका बुधबार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए ।
तर उनले राजीनामाको विषय भने खुलाएका थिएनन् । अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।
विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रखुम अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।
Post Views: 1,009
Leave a Reply