नेकपाले शक्तिको श्रोत जनता भन्दा अन्यन्त्रै भएको संकेत दिनु खतरनाक : डा महत

जनताका समस्या समाधानका लागि बिशेष अधिवेशन बोलाउन माग

 ग्लोबल टिभि           0

बारां । नेपाली कांग्रेसले नेकपा विवाद समाधान गर्न बाहिरी शक्तिकेन्द्रको संकेत पर्खनु खतरनाक भएको जनाएको छ । बारामा संचारकर्मीहरुसंग कुरा गर्दे कांग्रेस सह महामन्त्री डा प्रकाशशरण महतले बिदेश नीतिमा बर्तमान सरकार निकम्मा भएको बताए ।
उनले भने,‘शक्तिको श्रोत जनता हो कि अन्यत्रै हो भन्ने डरलाग्दो संकेत ’ नेकपा विवाद समाधानमा भएका पहलले दिएको बताए ।
डा महतले बर्तमान सरकार निर्वाचित सरकारको इतिहासमा सबैभन्दा गैर जिम्मेवार देखिएको पनि आरोप लगाए ।
डा महतले सरकारको तीन बर्षको अबधिमा जनतलाई केन्द्रबिन्दुमा राखेर काम नभएको पनि आरोप लगाए । उनले भने ‘कोभिड नियन्त्रणका लागि भन्दै २० अर्ब भन्दा पनि खर्च भएको भनिएपनि जनताले स्वास्थ्य सेवा नपाएको गुनासो आइरहेको उल्लेख गरे ।
उनले भने ‘नेकपाका नेताहरुको ब्यवस्थापनका लागि नेता निकट एनजिओलाई एक अर्ब भन्दा बढी ब्यवस्थापन’ गरिएकोबाट पनि सरकारको नियत उदांगिएको स्पष्ट पारे । राजावादीहरुको प्रर्दशन बढिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले लोकतान्त्रिक प्रणालीको बिकल्प हुन नसक्ने पनि स्पष्ट पारे । अहिले लोकतान्त्रिक पद्धतिमा प्रश्न गर्ने स्थिति नभएको तर सरकारलाई भने प्रश्न गर्नुपर्ने उल्लेख गरे ।
सह महामन्त्री डा महतले ‘जनताका सबै समस्याको समाधानका लागि कांग्रेसले बिशेष अधिवेशनको माग गरेको ’ पनि जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *