ग्लोबल टिभि
0
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालमा ठूलो चुनौती थपिएको बताएका छन्।
पदबहालीपछि बुधबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताएका हुन्।
‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु, यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ,’ उनले भने,’ यो चुनौतीभन्दा अरु केही हुनेछैन।’
उनले विधुत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता जनाए । अनियमिताबारे गुनासाहरु आएको भन्दै सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने उनले विश्वास व्यक्त गरे। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
Post Views: 1,718
Leave a Reply