प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना

 ग्लोबल टिभि           0

सरकारले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने जानकारी दिएकी हुन् ।

निर्माणाधिन आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाछिटो सम्पन्न गर्न आवश्यक समन्वय गर्ने बताइन् । समयमै गुणस्तरीय काम गर्नेलाई पुरस्कार तथा नगर्नेलाई दण्ड गर्ने आगामी कार्ययोजना रहेको उनको भनाइ छ ।

मन्त्री भुसाललेसबै जिल्लामा २ वर्षभित्र पूर्णरूपमा विद्युतीकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाबाट विद्युत् पुर्याउने योजना रहेको बताइन् । कृषियोग्य जमिनमा सिचाइको व्यवस्था पुर्याउने तथा कृषिको उत्पादन बढाएर खाद्यान्नमा आत्मनिभएर बनाउने पनि दाबी गरिन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *