ग्लोबल टिभि
बुधबार, मंसिर १७, २०७७
0
काठमाडौं । नेकपा विवाद तीव्र भैरहेका बेला सचिवालय बैठक केही मिनेट बसेर सकिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नगएपछि केही मिनेट बसेर सचिवालय बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यब्यस्थताका कारण प्रधानमन्त्री सचिवालय बैठकमा उपस्थित नभएपछि केहीबेर बसेर टुंग्याइएको छ । ‘प्रधानमन्त्रीको समय मिलेन, यस बिषयमा उहाँले हिजो नै जानकारी गराउनु भएको थियो, आज उहाँहरु बस्नुभयो, केही बेर बसेर बैठक सकियो,’ थापाले भने ।
आजको बैठकले अर्को बैठक २० गते बस्ने छ भने १८ गतेका लागि तय भएको स्थायी कमिटि बैठक २१ गतेका लागि सरेको छ ।
Post Views: 1,273
Leave a Reply