शिक्षा मन्त्री नियुक्ति नहुँदा ४ लाख विद्यार्थीको भविष्य अन्योलमा छ: कोमल वली

 ग्लोबल टिभि           0

राष्ट्रिय सभा कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताए ।

उनले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।उनले भने, “भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ ।

४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ ।

त्यसकारण हेल्थ प्रिकर्सन प्रयोग गरेर हुन्छ कि, सबै विद्यार्थीहरुलाई खोप उपलब्ध गराएर हुन्छ, अल्टनेटिभ वेबाट भएपनि परीक्षा दिने व्यवस्था होस् माग गर्न चाहन्छु, ति विद्यार्थीको भविष्यलाई ध्यान दिइओस् ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *