लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

 ग्लोबल टिभि           0

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।नयाँ सरकार निर्माणका लागि तोकिएको ३ बजेसम्मको समयसीमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट कुलप्रसाद केसीको मात्र दाबी परेको थियो।

आजै ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *