ग्लोबल टिभि
0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको भर्त्सना गरेका छन् ।
नेता पौडेलमाथिको दुर्व्यवहार र गिरफ्तारीलाई सर्वसत्तावादको संज्ञा दिँदै देउवाले सो कदमको देशव्यापी प्रतिरोध गर्न आह्वान गरेका छन् ।
पौडेललाई तत्काल रिहा गर्न माग गर्दै देउवाले अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन सरकारलाई चेतावनी दिएका छन् ।
सरकारको अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन एक ढिक्का भएर प्रतिरोध गर्न देउवाले देशभरका कार्यकर्तालाई आह्वान गरेका छन् ।
Post Views: 1,389
Leave a Reply