माओवादी केन्द्रको बैठक जारी, अध्यक्षबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो लगाइँदै

 ग्लोबल टिभि           0

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुदै छ । यसअिघ हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न ८ वटा समूह विभाजन गरिएको थियो । आजको बैठकमा ती समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिदै छ ।

अध्यक्ष प्रचण्डबाट प्रस्तुत प्रतिवेदनको आज निष्कर्षसहित टुंगो लगाइने माओवादी केन्द्रले बताएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

प्रचण्डले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका थिए । ८ पृष्ठ लामो प्रतिवदेनमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धलनाई निर्वाचनसम्म लैजाने प्रस्ताव समेत गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *