पौडेलको गिरफ्तारी लोकतान्त्रिक संविधान भएको समाजमा घृणित क्रियाकलाप : थकाली

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रोमी गौचन थकालीले तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलप्रति गरिएको ज्यादतीको भत्सर्ना गरेका छन् ।
उनले प्रेस नोट जारी गरि नागरिक सर्वोच्चता, बहुदलीय लोकतन्त्रको स्थापनाको लागी झंडै ७० वर्ष पार गरेको नेपाली कांग्रेस पार्टी लाई कम आंकलन गर्ने गल्ती नगर्न समेत स्पष्ट पारेका छन् ।
उनले  नेता पौडेललाई नवनिर्मित पुलको उटघाटन गर्न नदिई जुन हरकत सरकारले देखायो त्यो कुनै पनि अर्थमा नागरिकले सहन गर्न सक्ने विषय नभएको पनि जनाएका छन् । नेता थकालीले ‘ लोकतान्त्रिक सविधान भएको समाजमा त झनै यस्ता घृणित क्रियाकलापको परिकल्पनानै गर्न नसकिने ’ जनाएका छन् ।
नेता थकालीले ‘ सविधान सभा सदस्यको नाताले सविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकÞ माथी सरकार निर्माण भएकै सुरूवात दिन देखि नै एक पछि अर्कों हमला गर्दै गएको विषयले आँफूलाई गम्भीर एवं चिन्तित बनाएको पनि जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *