दमौलीमा प्रर्दशन गर्ने कांग्रेसको तयारी, पौडेलले पुल पनि उद्घाटन गर्ने

 ग्लोबल टिभि      बिहिबार, मंसिर १८, २०७७      0

दमौली । पुल उद्घाटन गर्न नदिएर प्रशासनले अबरोध गरेपछि आक्रोशित बनेको नेपाली कांग्रेसले आज दमौलीमा बिरोध प्रदर्शन गर्दे छ ।

बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ तथा नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप बुधबार घोषित कार्यक्रम अनुसार विरोध गर्न लागिएको हो ।

कार्यक्रममा पौडेलसहित जिल्लाका तीन जना केन्द्रीय सदस्यको सहभागिता रहने पार्टीले जनाएको छ । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल तीनै जना कार्यक्रममा सहभागी हुने बताइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *