मौद्रिक नीति सार्वजनिक हुनुअघि नै सूचना चुहिएकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

 ग्लोबल टिभि      मङ्लबार, भदौ १, २०७८      0

मौद्रिक नीति सार्वजनिक हुनुअघि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दश शर्माले असन्तुष्टि जनाएका छन् ।

आर्थिक वर्ष २०७७-७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबार मन्त्रालयमा सम्पन्न बैठकमा उहाँले यसमा गम्भीर हुन सचेत गराए ।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु देशको अहिलेको आवश्यकता भएको स्मरण गराउँदै सोअनुसारको नीति र त्यसको कार्यान्वयनमा पनि जोड दिए ।

उनले वैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्ने गरी नीति निर्माणमा लाग्न पनि निर्देशन दिए ।अर्थमन्त्री शर्माले घाटामा रहेका सार्वजनिक संस्थानहरूको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना बनाउन पनि निर्देशन दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *