दल विभाजन सम्बन्धी अध्यादेशमा एमालेको सशक्त प्रतिवाद

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ १, २०७८      0

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले ल्याउन खोजेको दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने भएको छ ।

ललितपुरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो । अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित र संकटतिर धकेल्ने भन्दै एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजन गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई आह्वान गरेको जानकारी दिए ।

ज्ञवालीले बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई शीघ्र र सुरक्षित रूपले स्वदेश फिर्ता गराउन माग पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *