खोपको बिश्वब्यापी पहुँच निश्चित नभएसम्म महामारीबाट संसार सुरक्षित हुँदैन :ओली

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १९, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ ।
‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन लाई भचुयल माध्यमबाट गर्नुभएको सम्बोधनका क्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन भन्दै अगाडि भन्नुभएको छ, सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *