ग्लोबल टिभि
शुक्रबार, मंसिर १९, २०७७
0
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवास बुढानीलकण्ठ बेलाएका हुन् ।
सह–महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुनेछ । बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो।
Post Views: 1,235
Leave a Reply