ग्लोबल टिभि
0
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका २९ वटा रिट खारेज गरेको छ ।
बुधवार संवैधानिक इजलासले ‘रिट खारेज’ गर्ने फैसला गरेको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ।
विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना सांसदले रिट हालेका थिए । विघटन मुद्दामा कानुन व्यवसायीहरुले पिआइएल ९सार्वजनिक सरोकारको विषय० प्रयोग गरेर सर्वोच्चमा २९ वटा रिट दायर गरेका थिए ।
Post Views: 1,153
Leave a Reply