नेकपा एमाले समाजवादी पार्टी दर्ता गरेका नेपाललाई चुनाव चिह्नमा समस्या

 ग्लोबल टिभि      बुधबार, भदौ २, २०७८      0

नेकपा एमाले समाजवादी पार्टी दर्ता गरेका माधवकुमार नेपाललाई चुनाव चिह्नको विषयमा समस्या भएको छ ।

चुनाव चिह्न खुला किताब दाबी गर्दै नेपाल समूहले आयोगमा दल दर्ता गर्नेक्रममा समस्या भएको हो । नेपाल समूहले दाबी गरेको खुला किताब चुनाव चिह्न यसअघि नै स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले पाइसकेकोले अहिले समस्या भएको हो ।नेपाल समूहले खुला किताब पाउन लागेको थाहा पाएसँगै उक्त पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आयोगमा पुगेर ध्यानाकर्षण गराएका छन् ।

पार्टीले खुला किताब चुनाव चिह्न अरुलाई दिए भोलि नै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गर्ने चेतावनी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *