संविधानको रक्षा गर्न र आफूलाई स्थापित गर्न एकतावद्ध हुनुपर्छ : लिलामणी पोखरेल

 ग्लोवल टि.भी.      बिहिबार, भदौ ३, २०७८      0

नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले कम्युनिष्ट आन्दोलन संविधानको रक्षा गर्न र आफूलाई स्थापित गर्नका लागि एकतावद्ध हुनुपर्ने बताए ।

उनले सरकारको सबैभन्दा ठूलो चुनौति भनेको एमसीसी रहेको बताए । नेता पोखरेलले एमसीसी मार्फत् नेपाललाई युद्धभूमि बनाउने दीर्घकालीन सोचका साथ मिलिनियन च्यालेन्ज कर्पोरशेन (एमसीसी) सम्झौंता नेपालका लागि ठूलो चुनौति भएको बताए ।

उनले भने “नेपालको राष्ट्रिय सार्वभौमिकता, अखण्डता र सम्मानका निम्ति कम्युनिष्ट एकतावद्ध हुनुपर्ने नेपाली कम्युनिष्ट आन्दोलनको अहिलेको आवश्यक्ता हो, यतिबेला कम्युनिष्ट आन्दोलनले आफूलाई रक्षा गर्न, आफूलाई स्थापित गर्नका निम्ति राष्ट्रिय एकताको मुद्दा ज्वलन्त बनाउनुपर्छ, मुलुकको राष्ट्रिय सार्वभौमिकतामाथि आइपरेका समस्याहरु के छन्, सीमासम्बन्धी समस्याहरु छन्, भारतीय बिस्तारबादको समस्या छ, हाम्रो लागि ठूलो चुनौति अफगानिस्तानको अहिलेको हालत देखिहाल्नुभयो, एमसीसी नयाँ प्रकारको जसरी अंग्रेजहरु भारतमा प्रवेश गरेका थिए ।

त्यसैगरीकन एमसीसी मार्फत् नेपाललाई युद्धभूमि बनाउने दीर्घकालीन सोचका साथ नेपालको राष्ट्रिय स्वतन्त्रता, सावैभौमिकतामाथि हस्तक्षेप हुनेगरीकन एमसीसी नामको संस्थाबाट तथानामका सहयोगको नाममा भएको सम्झौता नेपालको निम्ति ठूलो चुनौति हो, यसको बारेमा छलफल गर्नुपर्छ, यो नेपालको सार्वभौमिकतामाथि ठूलो चुनौति हो ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *