राजसंस्था र हिन्दुराज्यको पक्षमा हेटौडामा प्रर्दशन, राप्रपा नेता भन्छन् -राष्ट्रवादी आन्दोलनको नेतृत्व हामी गर्छौ

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १९, २०७७      0

मकबानपुर । हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले  वागमती प्रदेशको राजधानी हेटौंडामा वृहत प्रदर्शन गरेको छ ।  ्उक्त अबसरमा राप्रपाका नेताहरुले  अब  हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए ।  उनले राप्रपा बलियो भयो भने मात्र हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुने प्रतिबद्धता पनि जनाए ।

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको ¥यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्व सङ्गै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका बिषयमा  नाराबाजी गरिएको थियो ।

शहर परिक्रमा पश्चात सिमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका  थिए । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य मधु अधिकारीले जनताले परिबर्तन खोजेको र त्यो परिबर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे  ।

पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रबाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए  ।

कार्यक्रममा केन्द्रिय सदस्य नबराज बिष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,युबा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए ।

पछिल्लो समय राजसस्था र हिन्दुराष्ट्र को माग गर्दै देशभर प्रदर्शन भैरहेको अबस्थामा राप्रपा मकवानपुरले प्रर्दशन गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *