तनहुँ घटनाको बिरोधमा मंसिर २९ गते देशभर प्रर्दशन गर्ने कांग्रेसको घोषणा

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १९, २०७७      0

काठमाडौं । मुख्य विपक्षी नेपाली कांग्रेसले यहि मंसिर २९ देशभर प्रदर्शन गर्ने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको गिरफ्तारबिारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको आज बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशनको निर्णय लिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको महतले जानकारी दिए ।

महतका अनुसार ७७ वटै जिल्लामा हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने छ। साथै बैठकले संसदको अधिवेशन बेलाउन पनि माग गरेको महतले जानकारी दिए ।तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेको भन्दै तनहुँ प्रहरीले बरिष्ठ नेता पौडेल सहित जिल्ला स्तरीय नेताहरुलाई पक्राउ गरेको थियो ।

त्यसको भोलिपल्ट पौडेलले पुल उद्घाटन गरेका थिए ।
कांग्रेसले तनहुँ घटना सरकारका लागि महंगो पर्ने बताँउदै आएको छ ।सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *