अध्यादेशको बिरोधमा अनेरास्ववियुबाट मसाल जुलुस

 ग्लोबल टिभि      बिहिबार, भदौ ३, २०७८      0

राजनीतिक दलसम्बन्धी अध्यादेशको बिरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज मसाल जुलुस निकालेको छ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि जुलुस निकालिएको हो ।

जुलुसमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बझाङ–काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष सुरेश घर्ती,केन्द्रीय सदस्य भक्त कुँवर, आरआर क्याम्पसका विद्यार्थी नेता उज्ज्वल खड्कालगायत तीन दर्जन विद्यार्थी सहभागी थिए ।

जुलुसमा सहभागी विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।

यता ताहचलस्थित महेन्द्र रत्न क्याम्पसअगाडि पनि एमाले सम्बद्ध अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश विरुद्ध प्रदर्शन गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *