सरकार गलत दिशामा जाँदैछ, लोकतान्त्रिक शक्तिहरुको खबरदारी जरुरी : डा महत

 ग्लोबल टिभि      शनिबार, मंसिर २०, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले बर्तमान सरकार देश र जनताप्रति गैर जिम्मेवार बन्दै गलत दिशामा गएकोले लोकतान्त्रिक शक्तिहरुको खबरदारी जरुरी रहेको बताएका छन् । स्वर्गिय समाजसेवी गजराज जोशीको स्मृतिमा नेपाली कांग्रेस क्षेत्र नम्वर ५ द्धारा आयोजित सेनिटाइजर, मास्क , भलिबल बितरण समारोहमा बोल्दै कांग्रेस सह महामन्त्री डा महतले तनहुँमा भएको घटना लोकतन्त्र माथिको हमला भएकोले सरकारले देशलाई गलत दिशामा लगिरहेको पनि आरोप लगाए ।
उक्त कार्यक्रममा कांग्रेस सभापति सबुज बाँनिया,प्रदेश सांसद भीमसेन खत्री,कांग्रेस क्षेत्र न ५ का सभापति रमेश खड्का,प्रदेश सभापति दीपक खत्री, नेबि संघ पूर्व उपाध्यक्ष कृष्णकुमार बस्नेत,केन्द्रीय सदस्य सिर्जना भट्ट लगायतको उपस्थिति थियो ।
उक्त अबसरमा स्वर्गिय गजराजका छोरा मनिषले क्षेत्र नम्वर ५ का १५ बटा इकाइ र झोरमा स्थानीय क्लबलाई भलिबल, मास्क, सेनिटाइजर प्रदान गरेका हुन् ।No description available.

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *