ओलीको अनिञ्छापूर्वक आज बस्दै नेकपा स्थायी कमिटि बैठक

 ग्लोबल टिभि      आइतवार, मंसिर २१, २०७७      0

काठमाण्डौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनिञ्छापुर्वक नेकपा स्थायी कमिटी बैठक आज बस्दै छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने अनिश्चित छ ।

पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।

बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।शनिवारको सचिवालय बैठकमा ओलीले स्थायी कमिटी बैठक एजेण्डाबिहीन रुपमा बस्नुको औचित्य नभएको बताएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *