अर्को स्थायी कमिटि बैठक मंसिर २८ मा,प्रचण्डको प्रस्तावमा सहमति हुन नसकेकोले आइन : ओली(पत्र सहित)

केन्द्रीय कमिटी पुस ५ मा

 ग्लोबल टिभि           0

काठमाण्डौं । पार्टी कार्यालय धुम्वाराहीमा आजदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिना बसेको बैठकले अर्को बैठकको मिति तय गरेको हो ।
आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए ।ओलीले बैठकमा आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएको र त्यो पत्र सचिवालय सदस्य ईश्‍वर पोखरेलले वाचन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार  ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन् ।
यसैगरि मंसिर २५ गतेका लागि तय भएको केन्द्रीय कमिटि बैठक पुष ५ गते सम्मका लागि स्थगित भएको छ ।

Image

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *