माधव नेपाल समुहको बैठक बस्दै

 ग्लोबल टिभि      मङ्लबार, भदौ ८, २०७८      0

नेकपा (एकीकृत समाजवादी) पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । आज चन्द्रगिरीको एक रिर्सोटमा बस्ने पहिलो केन्द्रीय कमिटीको बैठकमा मुख्य गरी पार्टीको सैद्धान्तिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

नेकपा एमालेबाट विभाजन भएर गठन भएको उक्त नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ । बुधबार निर्वाचन आयोगले सनाखतको लागि बोलाएरको बेला पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठकमा तत्कालिन एमालेका माधव नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्ट पुगिसकेको नेपाल पक्षका नेता मेटमणि चौधरीले जानकारी दिए। चौधरीका अनुसार बैठकमा नयाँ पार्टीको सैद्धान्तिक विषयमा छलफल हुन लागेको हो।

एमाले औपचारिक विभाजनसँगै दल दर्ताको वैधानिक प्रक्रियामा रहेको एकीकृत समाजवादी पार्टीमा उठ्दै आएको ‘जनताको बहुदलीय समाजवाद’ विषयमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुबीच छलफल हुन लागेको चौधरीको भनाइ छ ।

मंगलबार समूहगत छलफल गरेर बुधबार रिसोर्टबाटै नेताहरु निर्वाचन आयोगमा सनाखतको लागि पुग्ने कार्यक्रम तय भएको चौधरीले जानकारी दिएका छन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *