ग्लोबल टिभि
0
नेता माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको प्रतिक्रिया दिए ।
चन्द्रागिरीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले ओलीले पार्टी कब्जा गरेको आरोप लगाए । उनले ओलीले आफूलगायत १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको तर्क गरे । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका नेता नेपालले ओली अझै पनि पनि आफूहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र गर्न लागिपरेको दाबी गरे ।
उनले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएपार्टी गठन गर्ने बित्तिकै एकता गर्नसक्ने पनि बताए ।
Post Views: 1,146
Leave a Reply