राजावादीहरुको सक्रियता बढेसंगै ओलीले बोलाए सर्वदलिय बैठक

 ग्लोबल टिभि           0

काठमाडौं– सडकमा राजावादीहरुको प्रर्दशन तीव्र भैरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निकट श्रोतका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।

देशभर राजावादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रधानमन्त्रीले गणतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गरेका हुन् । त्यसबाहेक समसामयिक राजनीतिक विषयबस्तु, कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा छलफल हुने भट्टराईले बताए ।

भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि गत वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *