प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

 ग्लोवल टि.भी.      बिहिबार, भदौ १०, २०७८      0

नेकपा (एमाले) प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो ।

बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।

राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *