दोस्रो संशोधन अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुँदै

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ ११, २०७८      0

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका रिटमाथि आज सुनुवाइ हुँदै छ ।

अध्यादेश, २०७८ बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा ६ वटा रिट निवेदन दर्ता भएका छन् । गत भदौ ३ गते बदरको मागसहित दायर भएका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । राजनीतिक दलसम्बन्धी अध्यादेश भदौ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरसँगै एमाले र जनता समाजवादी पार्टी विभाजित भइसकेका छन् ।

एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । त्यस्तै जनता समाजवादी पार्टीबाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी जन्मिएको छ ।

सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश ल्याउनु गैरसंवैधानिक भएकाले निर्णय बदर गर्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *