के ले रोक्यो ओली -प्रचण्ड भेट ? नेकपा थप अन्योलको भूमरिमा

 ग्लोबल टिभि           0

काठमाडौं । स्थायी कमिटि बैठकबाट पार्टी एक भएको सन्देश प्रवाह भएको भनिएपनि नेकपा भित्रको असन्तुष्टि भुषको आगो झै भैरहेको छ ।
केहि मन्त्री थप गर्ने निर्णय अघि दिनहुँ जसो वालुवाटार धाउने अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड खुमलटारमै आराम गरिरहेका छन् ।
गत असोज २८ देखि ओली -प्रचण्ड भेट भएको छैन ।
एकता प्रक्रियाको बाँकी काम सक्ने असोज मसान्त सम्मको डेटलाइन पनि गुज्रिसकेको छ । तर प्रगति हुन सकेको छैन ।
ओलीले एकतर्फी रुपमा मन्त्री थपेको भन्दै नेपाल समूह असन्तुष्ट छ भने प्रचण्ड भित्र भित्रै असन्तुष्टि पालेर बसिरहेका छन् ।
भीम रावल लगायतका नेताहरु ‘स्थायी समिति बैठकको म्याण्डेट अनुसार ’ पार्टी चल्न नसकेको भन्दै सञ्चारमाध्यममा असन्तुष्टि ब्यक्त गरिरहेका छन् । असोज ६ को सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने गरी मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो । उक्त म्याद गुज्रिसकेको छ । अझ एकताको बाँकी काम टुंग्याउने गरी छलफल सघन हुनुपर्ने बेला राम्रोसँग टेलिफोन सम्वादसमेत हुन सकेको छैन ।
कर्णाली विवाद हल हुन सकेको छैन भने मन्त्रिमण्डल गठनमा ओलीले एकलौटी गरेर स्थायी कमिटीको म्याण्डेट लत्याएको स्वर पनि पार्टी भित्र उठ्न थालेको छ ।
यहि कात्तिक १५ गते बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक पनि अन्यौलमा परेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *