ग्लोबल टिभि
0
गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानबाट सिर्जित समस्याबारे सम्बन्धित क्षेत्रका अधिकारीसँग जानकारी लिएका छन ।
गृहमन्त्री खाँणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग बाढी, पहिरो र डुबानबारे जानकारी लिएका हुन ।
मन्त्री खाँणले अझै वर्षा जारी रहेकाले पूर्वतयारी तीव्र पार्न उनीहरूलाई निर्देशन दिएका छन ।
‘अहिलेसम्म तपाईहरूले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,’ मन्त्री खाँणले भने, ‘अब पूर्वतयारीपट्टि त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला ।’
नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधन उपयोग गरी कुनै कसुर बाँकी नराख्न पनि उनले निर्देशन दिएको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।
Post Views: 1,395
Leave a Reply