नेतृत्व लिन युवा तयार भए राजनीतिबाट छिटो विदा हुने चाहना छ: प्रचण्ड

 ग्लोबल टिभि      शनिबार, भदौ १२, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकोमल दाहालले युवाहरुलाई नेतृत्व लिन आह्वान गरेका छन्। आज वाइसियल नेपालको राष्ट्रिय भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुन चाहेको बताए। त्यसको लागि युवाहरुले नेतृत्व लिन तयार नहुँदासम्म आफूले सुख पाउने सम्भावना नरहेको उनले बताए । पार्टी नेतृत्वको लागि युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको प्रचण्डले खुलासा गरे ।
जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लाग्न नहुनेमा जोड दिए । माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको चर्चा गर्दै प्रचण्डले अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताए । अन्य दल जस्तै माओवादी भए, त्यसको कुनै अर्थ नरहने प्रचण्डको भनाइ छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *