एकीकृत समाजवादी छिट्टै सरकारमा, कुन–कुन मन्त्रालय पाउँदै? हेर्नुहोस् सुचिसहित

 ग्लोबल टिभि           0

नेकपा एकीकृत समाजवादी पार्टी छिट्टै सरकारमा जाने बताएको छ। सो पार्टीले कुन मन्त्रालय लिने क–कसलाई मन्त्री बनाउनेसमेत टुंगो लगाइसकेको छ।

नेकपा एकीकृत समाजवादी पार्टीका एक सांसदका अनुसार क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न पार्टी अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको र उनले त्यो निर्णय गरिसकेको ती नेताले बताए।

आज बसेको संसदीय दलको बैठकमा पनि मन्त्रालयको कुरा फाइनल भएपनि सत्ता गठबन्धनसँग छलफल गरेर छिट्टै निर्णय लिन अध्यक्ष नेपाललाई जिम्मा दिइएको ती नेताले बताए।

नेकपा एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ६ मन्त्रालय पाउने चर्चा छ। ती नेताका अनुसार नेकपा एकीकृत समाजवादीबाट कि त राष्ट्रियसभा सदस्य बेदुराम भुसालको नेतृत्व वा सांसद विरोध खतिवडा नेतृत्वमा प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र राज्यमन्त्रीमा किसन श्रेष्ठ रहने छन्।

त्यस्तै मन्त्रालयहरूमा भौतिक पूर्वाधार, पर्यटन, वन, भूमिसुधार, खेलकुद र उद्योग राज्यमन्त्री पाउने उनको दाबी छ।
तर, कुन मन्त्रीले कुन मन्त्रालय पाउने भन्नेमा आज साँझ मात्र टुंगो लाग्ने उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *