फेरि मिले विवेकशील र साझा

 ग्लोबल टिभि           0

काठमाण्डौं । एक पटक टुक्रिएर फेरि विवेकशील र साझा पार्टी एक भएका छन् ।
आज आयोजित एक कार्यक्रमबीच एकता घोषणा गरिएको हो ।
पार्टीको नाम विवेकशील साझा रहने छ भने रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक रहने छन् ।

एकीकरणपछि दुवै पार्टीका ६५–६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३/१३ जना रही २६ जनाको हुने प्रस्ताव छ । चुनाव चिह्न र झन्डा ‘तराजु’ हुनेछ । यसअघि यो चिह्न साझा पार्टीले प्रयोग गर्दै आएको थियो ।

पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *