सभापतिको उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बस्दै

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ १५, २०७८      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट एकल उम्मेद्वार तय गर्नका लागि बैठक डाकेका छन्। बैठक दिउँसो १ बजे पौडेल निवास बोहोराटारमा बस्ने बताइएको छ।

बैठकमा महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाललगायत सहभागी हुने बताइएको छ।

१४ औं महाधिवेशनका लागि सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेद्वारी घोषणा गरिसकेका छन्। त्यसैगरी कल्याण गुरुङले पनि सभापतिको उम्मेदवार आजै औपचारिक घोषणा गर्दै छन्। यता महामन्त्रीमा गगन थापाले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्।

पौडेल समूहले वडा अधिवेशन अघि नै साझा उम्मेद्वार घोषणा गर्ने तयारी गरेको छ। यसका लागि नेताहरुले ट्रेड युनियनदेखि तरुण दलका पूर्व नेताहरुलाई पनि खटाएका छन्। आजबाट बैठक जारी राखिने र छलफलपछि साझा उम्मेद्वार तय गर्ने तयारी पौडेल पक्षको रहेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले पनि सभापतिमा उम्मेद्वारी दिने जनाइसकेका छन्। देउवाइतरबाट वरिष्ठ नेता पौडेलसँग महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा उम्मेद्वार बन्ने चाहना देखाइसकेका छन्। यद्यपि घोषणा भने गरेका छैनन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *