ग्लोवल टि.भी.
बिहिबार, भदौ १७, २०७८
0

नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया शुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ । रिटको आइतबारका लागि तोकिएको छ ।
काँग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरिसकेको छ ।
Post Views: 305

Leave a Reply