संसदीय समितिको निर्देशन बिपरित पोखरेल एआईजीमा बढुवा

 ग्लोबल टिभि      बिहिबार, मंसिर २५, २०७७      0

 

काठमाडौं । संसदीय समितिको निर्देशन बिपरित प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *