नेपाली कांग्रेसण्को १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै छ। त्यसको लागि कांग्रेस महाधिवेशनमा होमिँदै छ।
५६ जिल्लाहरुका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर कांग्रेस महाधिवेशनमा होमिन लागेको हो।
कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका जिल्लामध्ये अधिकांश जिल्लाहरुमा वडा अधिवेशन गर्दैछ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि ५६ वटै जिल्लाहरुमा केन्द्रबाट निर्वाचन अधिकृतहरु खटाएको छ।
यद्यपि, निर्वाचन अधिकृत खटिएका सवै जिल्लाहरुमा वडा अधिवेशन सुरु भने नहुने देखिएको छ।
तयारी नपुगेको भन्दै केही जिल्लाहरुले शुक्रबार वडा अधिवेशन गर्न नसकिने निर्णयनै गरेका छन्।
त्यस्तै आजदेखि प्रारम्भ हुन लागेको गाउँ, नगर वडा अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ।
पार्टीले सो व्यवस्था गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ।
हालको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा सो वडामा सो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।
यसअघि प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कांग्रेस कार्यसमितिको बैठकमा प्राप्त सुझावसमेतलाई ध्यानमा राखी सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा बिहीबारको निर्णय गरिएको हो।
Leave a Reply