वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्री देउवा भक्तपुरमा

 ग्लोबल टिभि           0

आज हुन गइरहेको नेपाली कांग्रेसको वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुर पुगेका छन्। नेपाली कांग्रेसका पार्टी सभापति समेत  रहेका प्रधानमन्त्री देउवा भक्तपुर वडा अधिवेशन शुभारम्भ गर्न पुगेका हुन् ।

शुक्रबारदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ।प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले वडा अधिवेशन शुभारम्भका लागि देउवा भक्तपुर पुगिसकेको बताए।

प्रधानमन्त्री देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न पुगेका हुन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।

कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ।क्रियाशील विवादकै कारण २१ जिल्लाको अधिवेशन भदौ २६ भित्रै गर्ने कांग्रेसले बताएको छ।

भदौ २७ मा गाउँरनगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *