कांग्रेसले तय गर्यो प्रर्दशनको नारा,शीर्ष नेताहरु जिल्ला खटिने

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर २६, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले सरकार बिरुद्ध यहि मंसिर २९ गते गर्ने प्रर्दशनका लागि नारा तय गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ति निकालेर केन्द्रबाटै नारा तय गरिएको जनाएक छन् ।
यस्तै कांग्रेसले उक्त दिन सम्बोधनका लागि शीर्ष नेताहरु पनि खटाएको छ ।
सभापति शेरबहादुर देउवा मकवानपुर, बरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डौं , उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।

केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *