भदौ २३ मा संघीय संसदको अधिवेशन आह्वान

 ग्लोबल टिभि           0

सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको गरेको हो ।

संसद आह्वानका लागि राष्ट्रपति समक्षा सिफरिस गरिएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।

संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *