संघ र प्रदेशमा गरी ८१ सांसद खुले नेकपा(एस)मा, गण्डकी प्रदेशमा भने शुन्य

 ग्लोबल टिभि      सोमवार, भदौ २१, २०७८      0

एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ। सँगै एमालेले आफ्नो प्रभाव पर्ने क्षेत्रमा सांसदहरूलाई नयाँ पार्टीमा सनाखत गर्नबाट रोक्न नेताहरूलाई खटाएको छ।

केन्द्रमा २२ जना प्रतिनिधिसभाका र राष्ट्रिय सभाका सात गरि २९ जनाले सनाखत गरेका छन्।

जसमा प्रतिनिधिसभा तर्फबाट माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कणर् कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल (भारतबाट सनाखत) गरेका थिए। त्यस्तै राष्ट्रिय सभाका सांसद मध्ये बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी रहेका छन्।

बाँकी रहेका मध्ये अब एमालेमा प्रतिनिधिसभामा ९९ र राष्ट्रिय सभामा २६ सांसद छन्।

यता प्रदेश र स्थानीय तहमा भने निर्वाचन आयोगले भदौ २२ सम्म एमाले छाड्ने समय दिएपछि प्रदेश सांसद र स्थानिय तहका जनप्रतिनिधिहरू नवगठित नेकपा एस रोज्न आयोग जाने क्रममा छन्।

सोमबार सम्म ७ प्रदेश मध्ये सबै प्रदेशका सांसदहरू प्रदेश निर्वाचन आयोगमा गएर आफू कुन पार्टीमा खुल्ने भन्ने निणर्य गरिसकेका छन्।

त्यसो त दल छान्ने अधिकार आयोगले २२ गतेसम्मका लागि दिएको छ। हालसम्म खुलेका सांसदको आधार हेर्ने हो भने प्रदेश २ र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा एमाले बलियो छ भने गण्डकीमा भने शतप्रतिशत एमाले रहेका छन्।

कुन प्रदेशमा हालसम्म कति सांसद खुले नेकपा (एस) पार्टीमा सूचीसहित :
प्रदेश-१- १०
प्रदेश-२- १३
बागमती- १२
लुम्बिनी- १
गण्डकी- ०
कणर्ाली-३
सुदूरपश्चिम-१३

संघीय संसदमा
संघीय सांसद-२९,

जम्मा-८१ जना

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *