ग्लोबल टिभि
बिहिबार, भदौ २४, २०७८
0
नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएका जिल्लाको निर्वाचन कार्यतालिका प्रभावित नहुने निर्वाचन समितिले बताएको छ। हालसम्म ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भैसकेको छन, ती जिल्लाको गाँउ नगरको अधिवेशन यही भदौ २७ मै हुने निर्वाचन समितिको संयोजक महादेव यादवले बताए ।
वडा अधिवेशन हुन नसकेका २१ जिल्लामा पनि छिटटै अधिवेशन हुने संयोजक यादवले बताए । नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले निर्वाचन समिति बाहेक कसैले चाहेर पनि कार्यतालिका हेरफेर नहुने प्रतिक्रिया दिए ।
Post Views: 746
Leave a Reply