एमालेको स्थायी कमिटी बैठक आज, विधान महाधिवेशनका दस्तावेज टुंगो लगाउन र नेताहरुको जिम्मेवारी हेरफेर हुने

 ग्लोबल टिभि      शुक्रबार, भदौ २५, २०७८      0

एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको हो।

शुक्रवार बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

त्यसो त एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ ।

त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ ।

स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ । विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् ।

शुक्रवारको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *