ओली–नेपाल–यादवपछि एमसीसी टोलीले आज देउवा र प्रचण्डलाई भेट्दै

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छ।

उनीहरूको भेट तालिका अनुसार आजको भेट प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हुने भएको हो।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ।

हिजो बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ।

प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् भने सत्ता गठबन्धनकै माओवादी के्रन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *