माधव नेपालका सम्धीलाई नेकपा एमाले गलपासो

उनीहरुले नेकपा एकीकृत समाजवादीमा जान पाउने गरी आदेश माग समेत गरेका थिए।

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए।

सांसद पाण्डे र भट्टको रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ भएन ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा राखिएको उक्त मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरु नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै बुधबार रिट दिएका थिए ।

उनीहरुले नेकपा एकीकृत समाजवादीमा जान पाउने गरी आदेश माग समेत गरेका थिए।

उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका थिए।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए ।

तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।

पाण्डे नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका सम्धी हुन। उनी भदौं २ गते नेकपा एमाले समाजवादी र भदौं ४ गते नेकपा एकीकृत समाजवादी नाम परिर्वतन गरिएको पार्टीमा सनाखत गर्न गएनन्।

तथापि ९ भदौंमा भने उनीहरू निर्वाचन आयोग पुगेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *