काठमाण्डौं । मुख्य विपक्षी नेपाली कांग्रेसले आज ७७ जिल्लामा एक साथ प्रर्दशन गर्दे छ । सरकारको ज्यादती, भ्रष्टाचार, कोभिड महामारीमा सरकारको उदासिनता लगायतका बिषयलाई प्राथमिकताका साथ उठाँउदै कांग्रेसले प्रर्दशन गर्न लागेको हो ।
तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलप्रति गरिएको दुब्यर्बहारको पनि कांग्रेसले भत्सर्ना गरेको छ । यो बिषय पनि प्रर्दशनमा कांग्रेसले उठाउने छ ।
बिरोध सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हेटौंडा पुगेका छन्, बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौंमा सम्बोधन गर्ने छन् । सह महामन्त्री डा प्रकाशशरण महत झापा, अर्का नेता डा रामशरण महत चितवन, नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर दोलखा पुगेका छन् ।
प्रदर्शनमा भौतिक दुरि राख्न,मास्क अनिवार्य लगाउन पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिसकिएको पनि कांग्रेसले जनाएको छ ।
Leave a Reply