सरकारले आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ ।
ओली सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्युनतम् साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने बताइएको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन २३ भदौमा बसेको तीनवटै बैठकमा नाराबाजी गरेपनि राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको सरकारले आज पनि अवरोध जारी भएपनि प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी गरेको हो ।
अर्थमन्त्री जनादर्न शर्मा र मन्त्रालयको टोलीले बनाएको प्रातिस्थापन विधेयकमा कांग्रेसको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वमन्त्री मिनेन्द्र रिजालको सुझाव समेटिएको छ ।
Leave a Reply