सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी र मन्त्रिपरिषदको पूर्णताबारे छलफल हुने

 ग्लोवल टि.भी.      शुक्रबार, भदौ २५, २०७८      0

सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने भएको छ।

त्यस्तै आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने, ‘आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् । यो नियमति बैठक हो । त्यस्तो अन्य केही छैन ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *