ग्लोबल टिभि
शुक्रबार, भदौ २५, २०७८
0
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्।
उनले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेका छन्।
भदौ १८ मा कांग्रेसले देशका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भनेको थियो। तर ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ।
बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन सुरू भएको छैन। सोहीकारणले पनि उनले राजीनामा दिएका हुन सक्ने बुझिएको छ।
सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा अहिलेसम्म वडा अधिवेशन भएको छैन।
क्रियाशील सदस्यतामा देखिएको विवादले डडेल्धुरामा अहिलेसम्म वडा अधिवेशन हुन नसकेको हो।
जिल्लाबाट पठाइएका क्रियाशीलको नाम हटाएर केन्द्रबाट नयाँ नाम थपेर पठाइएको भन्दै डडेल्धुरामा विवाद छ।
त्यसो त यादवको राजीनामा स्वीकृत भइसकेको छैन। संयोजक यादवले बिहीबार नै राजीनामा दिएका थिए।
Post Views: 708
Leave a Reply